परमेश्वरले “बाइबलको वचनमा केही पनि नथप्नू
र त्यसबाट केही पनि नघटाउनू” भन्नुभयो । अनि बाइबलमा,
जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीकहाँ गएमा
मानिसहरू बाँच्न सक्छन् भनेर लेखिएको छ ।
हिजोआज पवित्र आत्मा आन साङ होङ परमेश्वर
र दुलही हुनुभएकी माता परमेश्वरलाई विश्वास गर्ने
परमेश्वरको मण्डली नै परमेश्वर प्रसन्न हुनुहुने,
र साँचो मुक्तितर्फ डोऱ्याउने मण्डली हो भन्न सकिन्छ ।
प्रेरित पावलले बाइबलमा, ‘प्रतिज्ञाका सन्तान अनुग्रहद्वारा
चुनिएका बाँकी रहेकाहरू’ हुन् अनि मुक्ति पाउने
मानिसहरूचाहिँ ‘इसहाकजस्तै प्रतिज्ञाका सन्तान’ हुन् भनेर
अभिलेख गरेका छन् । पवित्र आत्माको युगमा,
माता परमेश्वरलाई विश्वास गर्ने मानिसहरू इसहाकजस्तै
प्रतिज्ञाका सन्तान बन्नेछन् अनि उनीहरूले परमेश्वरको अनुग्रहद्वारा
चुनिएका बाँकी रहेकाहरूका रूपमा मुक्ति पाउनेछन् ।
अब हे भाइ हो, इसहाकजस्तै हामी पनि
प्रतिज्ञाका सन्तान हौं ।
गलाती ४:२८
इस्राएलको बारेमा यशैया घोषणा गर्छन्,
“इस्राएलका सन्तानको संख्या समुद्रको बालुवा जत्तिकै
भए पनि, बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ ।”
रोमी ९:२७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति