हिब्रूको पुस्तकमा मानव-जातिको मुक्तिको निम्ति
ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो ।
मीका अगमवक्ताले मुक्तिदाता सियोनमा आउनुहुनेछ,
र उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ भनेका थिए ।
यशैयाले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई अनन्त जीवन दिनुहुने व्यक्ति
निश्चय नै हाम्रा परमेश्वर हुनुहुन्छ भनेर अगमवाणी गरेका थिए ।
आन साङ होङज्यू दोस्रो पल्ट शरीर धारण गरी यस पृथ्वीमा आउनुभयो,
अनि ई.सं. ३२५मा हटाइएको नयाँ करार निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएर सियोनका राजा बन्नुभयो ।
उहाँले दाऊदको सिंहासनको अगमवाणीअनुसार ३७ वर्षको सेवाकार्य समाप्त गर्नुभएपछि
सियोनका सबै प्रजालाई पवित्र आत्माकी दुलही, माता परमेश्वर चिनाइदिनुभयो ।
पत्रुसले अनन्त जीवनका वचनहरू दिनुभएका येशूज्यूलाई परमेश्वरको रूपमा चिनेजस्तै
पवित्र आत्माको युगमा परमेश्वरको मण्डलीका सन्तहरू अनन्त जीवनका वचनहरू दिनुहुने
आन साङ होङज्यू र माता परमेश्वरलाई सही तरिकाले ग्रहण गरेर विश्वासको बाटोमा हिँडिरहेका छन् ।
“दोस्रो पल्ट आउनुहुने ख्रीष्ट दाऊदको नाउँमा यस पृथ्वीमा आउनुपर्छ,
अनि उहाँले ३७ वर्षको सुसमाचारको जीवन समाप्त गरेपछि मृत्यु भोग्नुपर्छ ।”
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति