यशैया ६०को अगमवाणीअनुसार वर्तमान संसार अन्धकारमा छ ।
त्यसैले हामीले आफ्नो जीवनकालमा धेरै कठिनाइ
र कष्टहरूको सामना गर्नुबाहेक अर्को विकल्प छैन ।
वातावरण अन्धकार र प्रतिकूल भए तापनि परमेश्वरको मण्डलीका
सन्तहरू “अन्धकारलाई उज्यालो पार्ने बत्ती बन” भन्ने
माता परमेश्वरको वचनमा आज्ञाकारी भएर असल कार्यद्वारा
संसारको ज्योति बन्न र प्रेम नभएको संसारलाई परमेश्वरको प्रेम
सुनाउनको निम्ति सक्दो प्रयत्न गर्छन् ।
“तिमीहरू संसारका ज्योति हौ । ... तिमीहरूको ज्योति
मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म
देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् ।”
[मत्ती ५:१४-१६]
सबै मानिसहरूले सपना देख्ने कल्पनाको संसार नै स्वर्ग-राज्य हो ।
ज्योतिका सन्तानहरूले अन्धकारमा थुनिएका सबै मानिसहरूलाई
सपनाको संसार, स्वर्ग-राज्यबारे असल खबर सुनाएर
अन्धकारलाई उज्यालो पार्ने भूमिका निर्वाह गर्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति