परमेश्वरको मुक्तिको योजनालाई पूर्णतया बुझेर स्वेच्छाले
सोहीअनुसार गर्न प्रयत्न गरिएन भने उजाड-स्थानमा नष्ट भएका
इस्राएलीहरूजस्तै स्वर्गीय कनान प्रवेश गर्न सकिँदैन ।
बाइबलमा नोआ, अब्राहाम, मोशा र यहोशूलाई
विश्वासका पुर्खाहरू भनिएको चाहिँ
उनीहरूले परमेश्वरको मुक्तिको योजनामा
पूर्णतया विश्वास गरेर सोहीअनुसार
कार्य गरेकाले हो ।
परमेश्वरको मण्डलीको नयाँ करारको सुसमाचार
मर्कूसको माथिल्लो तलाजस्तै सानो मण्डलीबाट सुरु भयो,
तर परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति
सुरुदेखि नै बनाउनुभएको योजनाअनुसार
अहिले सुसमाचार अलास्का, हिमालयको सेर्तुङसम्म गर्दै
सारा संसारमा प्रचार भइरहेको छ ।
“आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि
हुन आउनेसम्मको जानकारी म दिन्छु । म भन्छु:
मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु ...
मैले जे भनेको छु, त्यो म गर्नेछु । मैले जे योजना
बनाएको छु, म त्यो गर्ने नै छु ।”
यशैया ४६:१०-११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति