प्रायश्चितको दिनमा, मानव-जातिले स्वर्गमा गरेका पापहरू, यस पृथ्वीमा गरेका पापहरू
र जानेर वा नजानेर गरेका सबै पापहरूप्रति परमेश्वरको सामुन्ने पश्चात्ताप गर्दा,
परमेश्वरको अनुग्रहद्वारा तिनीहरूलाई पाप-क्षमा दिइनेछ,
अनि स्वर्ग-राज्य फर्कने मौका प्रदान गरिनेछ ।
येशूज्यूले यस पृथ्वीमा आउनुभएर “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य
नजिक आइपुगेको छ” भन्नुभएजस्तै, आन साङ होङज्यू र माता परमेश्वरले पनि
मानव-जातिलाई “पूर्ण पश्चात्ताप गर, विपत्तिबाट सुरक्षित होओ,
र मुक्ति प्राप्त गर” भन्दैहुनुहुन्छ ।
तर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र ।
म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।”
लूका ५:३१-३२
निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान
सुन्न नसक्ने गरी बाक्लो भएको छ । तर तिमीहरूका अधर्मले तिमीहरूलाई
आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा
उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्नुहुनेछैन ।
यशैया ५९:१-२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति