परमेश्वरले निनवे सहरलाई विनाश गर्ने निर्णय गर्नुभए पनि
त्यहाँ विपत्ति नल्याउनुभएको कारणचाहिँ निनवेका मानिसहरूले
अन्य देवताहरूलाई विश्वास गर्दै इस्राएलीहरूलाई सताएको भए पनि
साँचो हृदयले पश्चात्ताप गरेकाले थियो ।
अनि येशूज्यूको दायाँपट्टिको डाँकू र बुबालाई छोडेर गएको
उडाऊ पुत्रले पश्चात्ताप गर्दा उनीहरूले आशिष् पाए ।
यी सबै कुराहरूद्वारा, मानव-जातिले आफ्नो पापप्रति पश्चात्ताप गर्दा
विपत्तिबाट बच्न सकिन्छ र मुक्ति पाउन सकिन्छ भन्ने कुरा
परमेश्वरले देखाइदिनुभएको छ ।
कठोर र अपश्चात्तापी हृदयले इन्साफको दिनको निम्ति
परमेश्वरको क्रोधलाई थुपार्ने गर्छ । आन साङ होङज्यू
र माता परमेश्वरको वचनद्वारा पूर्ण पश्चात्तापको मार्ग
थाहा पाएका परमेश्वरको मण्डलीका सन्तहरूले
अरू मानिसहरूले पनि पश्चात्तापद्वारा मुक्ति पाउनेछन् भन्ने
आशा गर्दै नयाँ करारको सुसमाचार प्रचार गरिरहेका छन् ।
“यसकारण हे इस्राएलका घराना, म तिमीहरू हरेकको न्याय
त्यसको चालअनुसार गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूदेखि फर्क !
तब तिमीहरूको पाप आफ्नो पतनको कारण हुनेछैन ।”
इजकिएल १८:३०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति