पापीहरूले आफ्नो पापलाई बिर्सेर नयाँ जीवन जिए तापनि उनीहरूको पाप कदापि हराएर जाँदैन । मानव-जातिचाहिँ स्वर्गबाट पाप गरेर ‘स्वर्ग र नरक’को फैसलालाई पर्खिरहेका पुर्पक्षमा रहेका कैदीहरू हुन् ।
यस पृथ्वीमा नयाँ करारको व्यवस्थाद्वारा पश्चात्ताप गर्न सक्ने अन्तिम मौकाको समय दिइएपछि परमेश्वरको न्याय-आसनको सामुन्ने अनिवार्य खडा हुनुपर्छ, र तिनीहरूको पापबारे अन्तिम फैसला सुनाइनेछ ।
नयाँ करारको व्यवस्थामा सबै पाप र अपराधहरूलाई नष्ट गराइदिने प्रतिज्ञा समाविष्ट छ । आत्मिक पापीहरूको गम्भीर पापलाई हटाउन येशूज्यूले सट्टामा क्रूसको कष्ट भोगिदिनुभयो ।
यस्तो अनुग्रह समाविष्ट नयाँ करारको व्यवस्थालाई आन साङ होङज्यू र माता परमेश्वरले पुनर्स्थापन गरिदिनुभयो । येशूज्यूले भन्नुभएजस्तै, उहाँहरूले “पश्चात्ताप गर !” भनेर व्यग्रतापूर्वक कराउनुहुँदै मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउँदैहुनुहुन्छ ।
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ ...
हिब्रू ९:२७
मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो ।
प्रकाश २०:१४-१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति