मानव-जाति स्वर्गमा पाप गरेर यस पृथ्वीमा धपाइएका हुन्,
अनि मानव-जातिलाई पाप-क्षमा दिएर स्वर्ग-राज्य फर्काउनको निम्ति
येशूज्यू यस पृथ्वीमा आउनुभएको हो भनेर बाइबलमा गवाही दिइएको छ ।
त्यसैको निम्ति येशूज्यूले क्रूस कष्ट भोग्नुभएर
मृत्युसम्म आफैलाई बलिदान गर्नुभयो ।
पश्चात्ताप गर्नु भनेको परमेश्वरतिर फर्कनु हो,
अनि परमेश्वरको बलिदानद्वारा पूरा भएका चाड
र नियमहरूको पालनाद्वारा त्यो पूरा हुन्छ ।
२,००० वर्षअघि आउनुभएका येशूज्यू, बप्तिस्मा दिने यूहन्ना,
सुरुको मण्डलीका सन्तहरू अनि पवित्र आत्माको यूगमा आउनुभएका
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले पनि पश्चात्तापमा जोड दिनुभयो ।
किनभने पश्चात्ताप गर्नु नै परमेश्वरतिर फर्कने एकमात्र तरिका हो ।
यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता
हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन।
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने
उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट
हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।
यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने
हामी उहाँलाई झूटा तुल्याउँछौं ...
१ यूहन्ना १:८-१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति