परमेश्वरको वचनलाई आफूखुशी अर्थ लगाएका र त्यसलाई आंशिक रूपमा पालन गरेका शाऊल राजाजस्तो हामीहरू हुनुहुँदैन । तर हिजकिया राजाले जसरी, निस्तार-चाड मान्नुपर्छ अनि मलाकीको पुस्तकमा लेखिएजस्तै, संसारतिर गएको हाम्रो मनलाई दशांश र भेटीद्वारा परमेश्वरतिर फर्काउनुपछ । यो नै ‘पश्चात्ताप’ हो ।
हामीले स्वर्गमा गरेका पाप र यो पृथ्वीमा जान-अजानमा गरेका असंख्य पापहरूचाहिँ, पापको कारक तत्व रहेको शैतानमा सारिने दिन नै प्रायश्चितको दिन हो ।
नयाँ करारका चाडहरू, अर्थात् राज्यको सुसमाचारद्वारा पूर्ण पश्चात्ताप गर्न सकिने कुरा आन साङ होङज्यू र माता परमेश्वरले थाहा दिनुभयो ।
“... मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । “तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं ?’ के कुनै मानिसले परमेश्वरलाई लुट्छ र ? ... दशांशको भेटीमा ।”
मलाकी ३:७-८
तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ । “... अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क, ...”
२ इतिहास ३०:५-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति