पुरानो करारमा इस्राएलीहरू निस्तारको थुमाको रगतद्वारा बचाइएका थिए ।
उक्त इतिहासले वर्तमान समयमा निस्तारको थुमाको रूपमा आउनुभएका
येशूज्यूको देह र रगत लिएका मानिसहरूले मुक्ति पाउनेछन्, अनि नलिएका
मानिसहरूले इन्साफ पाएर विपत्तिहरू भोग्नेछन् भन्ने कुरालाई दर्शाउँछ ।
परमेश्वरको देह खाने र रगत पिउने निस्तार-चाडको पवित्र धर्मविधिमा सहभागी हुँदा
परमेश्वर हामीभित्र रहनुहुने भएकोले हामीबाट विपत्तिहरू पार भएर जान्छ ।
अनि हामीले पिता परमेश्वर र माता परमेश्वरका सन्तानको रूपमा छाप प्राप्त गर्न सक्छौं ।
“त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो ।” [रोमी ८:१६]
“मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । ... मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” [यूहन्ना ६:५४-५६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति