असल र खराबको ज्ञान दिने रूखको फल खाएको पापचाहिँ
अदनको बगैँचामा आदम र हव्वाबाट सुरु भएर मानव-जातिमा
हस्तान्तरण हुँदैआएको छ । मानव-जातिलाई पापबाट मुक्त
हुनको निम्ति, खायो मात्र भने अनन्त जीवन पाउन सकिने
‘जीवनको फल’को सत्यता आवश्यक पर्छ । जीवनको फल लिएर
आउनुभएका आन साङ होङज्यू र स्वर्गीय माताको बलिदान
र प्रेमलाई महसुस गरेर सारा हृदयले सत्यता पालन गर्ने
मानिसहरू मात्र मृत्युको पापबाट मुक्त हुन सक्छन् ।
मुक्ति पाएर स्वर्ग-राज्य प्रवेश गर्न चाहने मानिसहरूबाट
मृत्युको पाप हटाउनुपर्छ, जुनचाहिँ आदमबाट आएको थियो ।
तसर्थ आन साङ होङज्यूले दोस्रो पल्ट यस पृथ्वीमा
जीवनको फलको सत्यता नयाँ करार निस्तार-चाड लिएर
आउनुभयो । उहाँले मानव-जातिको सम्पूर्ण पाप क्षमा गरिदिनुभएर
स्वर्गको उत्तराधिकार प्रदान गर्नुभयो ।
उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा
यही हो– अनन्त जीवन ।
१ यूहन्ना २:२५
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु,
तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत
पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने
र मेरो रगत पिउनेसित अनन्त जीवन छ, ...”
यूहन्ना ६:५३-५४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति