प्रेरित यूहन्नाले सारा मानव-जाति नरकमा जानुपर्ने दुःखद अवस्था प्रकाशद्वारा देख्दा तिनी रोए । तब धर्म-गुरुहरूमध्ये एक जनाले “भविष्यमा दाऊदको मूलले, मोहोर लगाएर बन्द गरिएको बाइबल खोल्नुभई मानव-जातिलाई बचाउनुहुनेछ” भने । हिजोआज, दाऊदको अगमवाणीअनुसार ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको ३७ वर्ष पूरा गर्नुभई, मोहोर लगाएर बन्द गरिएको बाइबलको रहस्य नयाँ करार र स्वर्गीय माताबारे जानकारी दिनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ ।
बाइबलको रहस्य, दाऊदको मूलले मात्र खोल्न सक्नुहुने भएकोले मानव-जातिले दाऊदलाई भेट्नैपर्छ । दाऊदको रूपमा आउनुभएका आन साङ होङज्यूले क्षणिक जीवनका कुराहरूबारे होइनकि अनन्त स्वर्गीय संसारबारे थाहा दिनुभयो । अनि उहाँले परमेश्वरको योजनाभित्र गुप्तमा रहनुभएकी आत्मिक हव्वा, माता परमेश्वरको अस्तित्वबारे जानकारी दिनुभयो । त्यसैले सारा जातिहरू माता परमेश्वर वास गर्नुहुने परमेश्वरको मण्डलीमा ओइरिएर आइरहेका छन् ।
कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।” [प्रकाश ५:४-५]
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । [हिब्रू ९:२७-२८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति