परमेश्वरले यो पृथ्वीका सम्पूर्ण जीवित प्राणीहरूले
आमाद्वारा जीवन प्राप्त गर्न सक्ने गरी सृष्टि गर्नुभएको कारणचाहिँ
अनन्त जीवन पनि आत्मिक माताद्वारा मात्र प्रदान गरिन्छ भन्ने कुरा
जानकारी दिनको निम्ति हो । साथै परमेश्वर ‘पिता’ हुनुहुन्छ
र हामीहरूचाहिँ उहाँका छोरा-छोरीहरू हौं भनी जानकारी दिनुको कारण पनि
परिवारका सम्बोधनहरूमार्फत माता परमेश्वरको अस्तित्वलाई
जानकारी दिनको निम्ति हो ।
मानिसहरू, यो पृथ्वीमा छोटो जीवन जिउने क्रममा
बुढेसकालको लागि योजना बनाउनु महत्त्वपूर्ण छ भनेर सोच्ने गर्छन् ।
तर वास्तवमा, हामी अनन्तकाल जिउने स्वर्गदूतको संसारको लागि
योजना बनाउनु र तयारी गर्नुचाहिँ अझ महत्त्वपूर्ण छ ।
वास्तवमै स्वर्गको आशा लिएका मानिसहरूले,
मुक्तिदाताको रूपमा आउनुभएका पिता आन साङ होङज्यू
र माता परमेश्वरलाई ग्रहण गर्छन् । साथै स्वर्गीय परिवार भएअनुरूप
उनीहरूले नयाँ करारको शबाथ-दिन र निस्तार-चाड पनि मान्छन् ।
“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा,
आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ,
किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो,
र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए,
र तिनको सृष्टि भयो ।”
[प्रकाश ४:११]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति