परमेश्वरको मण्डलीमा मनाइने पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिनमा पर्ने तुरहीको चाड
र १० दिनको प्रार्थना सप्ताहचाहिँ वर्षभरि गरेका आफ्ना सम्पूर्ण पापहरू
परमेश्वरको सामु स्वीकार गर्दै पश्चात्ताप गर्ने अवधि हो ।
तसर्थ सन्तहरूले प्रार्थनामार्फत पूर्ण रूपमा पश्चात्ताप गर्दै प्रायश्चितको दिनको तयारी गर्नुपर्छ ।
आत्माले सास फेर्न अर्थात् प्रार्थना गर्न छोड्यो भने आत्मालाई एकदमै पीडा हुन्छ ।
२,००० वर्षअघि आउनुभएका येशूज्यूले पनि र पवित्त्र आत्माको युगमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरले पनि “माग, खोज र ढकढक्याओ” भन्नुहुँदै
प्रार्थनाको शक्तिबारे शिक्षा दिनुभयो र प्रार्थनासहित सुसमाचारको मार्ग
हिँड्नुहुँदै हामीलाई उदाहरण देखाइदिनुभयो ।
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ,
ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ । किनकि जसले माग्छ, त्यसले पाउँछ,
जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ । ...
स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चीज दिनुहुनेछ ।”
मत्ती ७:७-११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति