इस्राएलीहरूले मूर्तिपूजाप्रति पश्चात्ताप गरेपछि दोस्रो पल्ट दश आज्ञा पाए ।
तिनीहरूले परमेश्वरबाट प्रायश्चित पाएकाले त्यस दिनलाई परमेश्वरले
‘प्रायश्चितको दिन’ भन्ने नाउँ दिनुभयो ।
अनि पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिनमा पर्ने तुरहीको चाडचाहिँ
दश दिनपछि प्रायश्चितको दिन भएकोले सबै मानिसहरूले परमेश्वरमा
पश्चात्ताप गर्नुपर्छ भनेर सङ्केत गर्ने पश्चात्तापको तुरही ठूलो आवाजमा फुकिएको चाड हो ।
मोशाको समयमा प्रायश्चितको दिन आउनुभन्दा दश दिनअघि
इस्राएलीहरूले पश्चात्तापको तुरही फुकेजस्तै,
हिजोआज हामीले सारा संसारलाई आन साङ होङज्यू
र माता परमेश्वरकहाँ आएर मुक्ति पाउने गराउन,
र बप्तिस्मा र नयाँ करारका चाडहरूद्वारा
पूर्ण पश्चात्ताप गराउन तुरही फुक्नुपर्छ ।
“इस्राएलीहरूलाई भन् : ‘सातौँ महिनाको पहिलो दिनमा
तिमीहरूका निम्ति विशेष विश्रामको दिन होस् ।
त्यस दिन सम्झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस् ।
तिमीहरूले त्यस दिनमा दैनिक काम नगर्नू,
तर परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू’ ।”
लेवी २३:२४-२५
“तर येशूले तिनीहरूलाई भन्नुभयो,
“निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र ।
म धर्मीहरूलाई होइन, तर पापीहरूलाई
पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।”
लूका ५:३१-३२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति