प्रायश्चितको दिनचाहिँ सबै मानिसहरू र पूजाहारीको पाप क्षमा हुने महान् दिन हो । इस्राएलीहरूले परमेश्वरको अनुग्रहलाई भुलेर सुनको बाछा बनाएर मूर्तिपूजा गरे । जसकारण मोशाले पहिलो पल्ट परमेश्वरबाट पाएको दश आज्ञाको शिला-पाटी फुटाइदिए । इस्राएलीहरूले पश्चात्ताप गरेकाले परमेश्वरले दोस्रो पटक दश आज्ञा दिनुभएको दिन नै ‘प्रायश्चितको दिन’को उत्पत्ति भयो ।
पुरानो करारको समयमा इस्राएलीहरूको सबै पाप प्रायश्चितको दिन नआउञ्जेल अस्थायी रूपमा पवित्रस्थानमा सारिन्थ्यो । त्योजस्तै, वर्तमान समयमा पवित्रस्थानको वास्तविकता हुनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरमा सारिएका हाम्रा सबै पापहरू प्रायश्चितको दिनमा पापको मूल जड रहेको शैतानमाथि सारिन्छ । अन्ततः शैतानले अतल-कुण्ड, अर्थात् नरकमा इन्साफ भोगेपछि हाम्रा सबै पापहरू मेटिनेछन् ।
परमप्रभुले मोशालाई भन्नुभयो, “सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्चितको दिन होस् ।” त्यस दिन तिमीहरूले पवित्र सभा राख्नू । तिमीहरूले आफैलाई इन्कार गर्नू, र तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होम चढाउनू ।
[लेवी २३:२६-२७]
भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !”
[यूहन्ना १:२९]
तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए । त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन् ।
[प्रकाश २०:१०]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति