आदम र हव्वाले शैतानको कुरा मानेर निषेधित फल खाए, र अदनको बगैँचाबाट निष्कासित भए । शाऊल राजाले परमेश्वरको वचनलाई सानो ठानेर मानिसको इच्छालाई पछ्याए, र तिनी सिंहासनबाट हटाइए । त्यसै गरी वर्तमान युगमा पनि परमेश्वरको वचन पालन गर्नेहरूलाई मात्र पवित्र आत्मा प्रदान गरिन्छ ।
हामीले परमेश्वरको वचन पालन गर्दा पवित्र आत्मा सधैँ साथमा रहनुहुन्छ, र आशिषित जीवन जिउन सकिन्छ । सम्पूर्ण मानव-जाति अपूर्ण भएकाले विश्वासका पुर्खाहरूजस्तै विजयी जीवन जिउन र पवित्र आत्माले भरिपूर्ण हुनको निम्ति हामीहरू परमेश्वरको पूर्ण बाटोलाई अन्त्यसम्मै आज्ञाकारिताका साथ पछ्याउनुपर्छ ।
यी सबै कुराका हामी साक्षी छौं, र त्यस्तै गरी पवित्र आत्मा पनि, जसलाई परमेश्वरले आफ्ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”
प्रेरित ५:३२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति