२,००० वर्षअघि सृष्टिकर्ता परमेश्वरले येशूज्यूको नाउँमा यस पृथ्वीमा आउनुभएर नयाँ करार स्थापना गरिदिनुभयो । पाप र मृत्युको कष्ट भोगिरहेका सन्तानहरूलाई पाप-क्षमा र अनन्त जीवन दिएर स्वर्ग डोऱ्याउनको निम्ति उहाँले नयाँ करार स्थापना गरिदिनुभयो । येशूज्यूले ३ वर्षसम्म नयाँ करार पालन गर्नुभएर आफ्ना चेलाहरूलाई उदाहरण देखाइदिनुभयो ।
“किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।” यूहन्ना १३:१५
येशूज्यूले आफू पुनरुत्थान हुनुभएपछि चेलाहरूलाई, सबै मानिसहरूलाई मुक्तिमा डोऱ्याउनको निम्ति नयाँ करार सिकाउन अनुरोध गर्नुभयो । (मत्ती २८:१९)
येशूज्यूको वचनलाई पछ्याउँदै चेलाहरूले नयाँ करार प्रचार गरे । पाप-क्षमा पाएर स्वर्ग डोऱ्याउने नयाँ करारमा आराधनासम्बन्धी नियम छ । आराधना गर्दा, शिर ढाक्ने मानिसले परमेश्वरको अपमान गर्दछ । शिर घुम्टोले नढाकीकन आराधना गर्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे । (१ कोर ११:४)
ख्रीष्टले स्थापना गर्नुभएको नयाँ करार मान्ने मण्डलीमा आराधना गर्दा स्त्री सन्ताहरूले शिर घुम्टोले ढाक्छन्, तर पुरुष सन्तहरूले शिर ढाक्दैनन् । तर येशूज्यू स्वर्ग उचालिनुभएपछि केही स्त्रीहरूले शिर घुम्टोले ढाक्नुपर्दैन भन्दै जिद्दी गरे ।
त्यसैले प्रेरित पावलले मानव स्वभावअनुसार स्त्रीहरूलाई लामो केश शोभा दिने कुरा बताउँदै स्त्रीहरूलाई शिर घुम्टोले ढाक्न आग्रह गरे ।
तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र ? पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ? तर यदि स्त्रीको लामो केश छ भनेता त्यो तिनको निम्ति गौरव हो । किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो । तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्वरका मण्डलीहरूको नै छ । १ कोरिन्थी ११:१३-१६
बाइबलमा, आराधना गर्दा स्त्रीले शिर घुम्टोले ढाक्नुपर्छ भनेर प्रष्टसित बताइएको छ । स्त्री सन्तहरूले शिर घुम्टोले ढाकेर प्रार्थना वा आराधना गर्ने घुम्टोको नियमचाहिँ येशूज्यू र प्रेरित पावलले सिकाउनुभएको नयाँ करारको आराधनाको नियम हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति