यद्यपि म विश्वविद्यालयमा अध्ययनरत छँदा,
मैले अहिलेसम्म मण्डलीबाट सिकेका कुराहरू सत्य हो कि
मण्डलीको रीतिरिवाज र परम्परा मात्र हो भनेर मैले आफैलाई प्रश्न गर्न थालें ।
अनि बाइबल अध्ययन गर्ने क्रममा उहाँहरूले मलाई बाइबलद्वारा देखाउनुभएको विषयबाट
म एकदमै आश्चर्यचकित भएँ ।
तसर्थ परमेश्वरको मण्डलीको शिक्षा वैधानिक छ भन्ने कुरा स्पष्ट भयो ।
यो नै साँचो सत्यता हो ।
मैले परमेश्वरको मण्डलीमा सिकेका कुराहरूमध्ये
सबैभन्दा हृदयस्पर्शी र प्रभावित तुल्याएको कुरा नै
माता परमेश्वरको विषय थियो ।
वास्तवमै उत्पत्तिको पहिलो पुस्तकदेखि प्रकाशको अन्तिम पुस्तकसम्मै माता परमेश्वरको विषयमा गवाही छ ।
यसरी बाइबलले माता परमेश्वरको विषयमा सुरुदेखि नै गवाही दिएको छ भनेर मैले बुझ्न सकें ।
वास्तवमै उहाँको गवाहीले बाइबल भरिएको छ ।
बाइबल अध्ययन गर्दा, माता परमेश्वरलाई विश्वास गर्न सजिलो थियो,
तर शरीरमा आउनुभएकी माता परमेश्वरलाई विश्वास गर्नचाहिँ अलि गाह्रो थियो ।
विगतमा घटेको घटनाजस्तै, शरीरमा आउनुभएकी स्वर्गीय मातालाई ग्रहण गर्नको निम्ति
मैले आफ्नो सीमित सोचाइ, धारणा वा अनुमानद्वारा माता परमेश्वरलाई विश्वास गर्न
प्रयत्न गर्नुहुँदैन भन्ने कुरा महसुस गरें ।
यसर्थ स्वर्गीय मातालाई केवल बाइबलको अगमवाणीद्वारा महसुस गरेर विश्वास गर्नुपर्छ भन्ने सोचाइ आयो ।
यदि तपाईंलाई माता परमेश्वरलाई विश्वास गर्न गाह्रो भइरहेको छ भने
आफ्नो वरिपरिको सृष्टिलाई हेरेर माता परमेश्वरलाई बुझ्न सुरु गर्नुहोस् भन्ने चाहन्छु ।
आमाबाट नै जीवन दिने गराउनुचाहिँ परमेश्वर स्वयम्ले
डिजाइन गर्नुभएको प्रकृतिको अपरिवर्तनीय नियम हो ।
त्यसको कारणचाहिँ परमेश्वरले हामीलाई अनन्त जीवन दिनुहुने पिता मात्र होइनकि
माता पनि हुनुहुन्छ भन्ने कुरा प्रकट गर्न चाहनुभएकोले गर्दा हो ।
तर सत्यता पाएर परमेश्वरका आज्ञाहरूबारे सिकेपछि
म अन्ततः विश्वस्त र खुशी भएँ । अनि परमेश्वरमा आज्ञाकारी हुँदै,
परमेश्वरको सन्तान भएअनुरूपको जीवन जिएर स्वर्ग प्रवेश गर्न सक्छु भन्ने कुरा महसुस भएको छ ।
यदि कोही परमेश्वरको मण्डली जानेबारे सोच्दैहुनुहुन्छ भने
एक पटक मण्डलीमा आएर बाइबल अध्ययन गर्न अनुरोध गर्दछु ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति