परमेश्वरले उहाँलाई विश्वास गर्ने मानिसहरूका निम्ति
आराधना गर्ने दिन तोकिदिनुभयो ।
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू ।” प्रस २०:८
शबाथ-दिन, परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह हो ।
यो दिनचाहिँ परमेश्वरले आफ्ना प्रजालाई
पवित्र पार्नुहुने दिन हो । (इज २०:१२)
शबाथ-दिनचाहिँ परमेश्वरले छ दिनसम्म
आकाश र पृथ्वी सृष्टि गर्नुभएर सातौँ दिनमा
विश्राम लिनुभएको दिन हो । (उत २:३)
सातौँ-दिन शबाथ-दिनचाहिँ
परमेश्वरको सृष्टिको शक्तिलाई सम्झना गर्ने दिन हो ।
त्यसोभए सातौँ दिन हप्ताको कुन बार होला ?
आइतबार : हप्ताको पहिलो दिन
शनिबार : हप्ताको सातौँ दिन
शब्दकोशमा शनिबारलाई हप्ताको सातौँ दिन भनेर अर्थ्याइएको छ ।
पात्रोमा हेर्ने हो भने पनि सातौँ दिन शबाथ-दिनचाहिँ शनिबार हो ।
बाइबलमा, येशूज्यू शबाथ-दिन बितेपछिको हप्ताको पहिलो दिनमा जीवित भई
उठ्नुभयो भनिएको छ । (मर्क १६:९) सरल नेपाली बाइबलको उही पदमा,
“येशू आइतबार बिहानै मरेकाहरूबाट बिउँतनुभएपछि ...” भनिएको छ । (मर्क १६:९)
त्यसोभए शबाथ-दिन हप्ताको कुन बार होला ? निश्चय नै शनिबार हो ।
क्याथोलिक पुस्तकहरूमा पनि शबाथ-दिन शनिबार हो भनिएको छ ।
“धर्मशास्त्रले हामीलाई शनिबारलाई धार्मिक विधिको रूपमा
पालन गर्न जोड दिएको छ, जुन दिन हामी कहिल्यै
पवित्र रूपले पालन गर्दैनौं ।”
“शबाथको अर्थ विश्राम हो, अनि यो हप्ताको सातौँ दिन शनिबार हो ।”
येशूज्यूले पनि शबाथ-दिन(शनिबार)मा आराधना गर्नुभयो ।
“उहाँ आफ्नो आदतअनुसार शबाथ-दिन(शनिबार)मा
सभाघरमा जानुभयो ... ।” लूक ४:१६
येशूज्यू स्वर्ग उचालिनुभएपछि प्रेरित पावलले पनि
शबाथ-दिन(शनिबार)मा आराधना गरे ।
“पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए,
र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे । ...” प्रे १७:२
येशूज्यू र उहाँका चेलाहरूले सातौँ दिन, शबाथ-दिन (शनिबार) मान्नुभएजस्तै,
परमेश्वरका प्रजाले पनि परमेश्वरले तोकिदिनुभएको
शबाथ-दिन (शनिबार) मान्नुपर्छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा
परमेश्वरले तोकिदिनुभएको सातौँ दिन,
शबाथ-दिनमा आराधना गरिन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति