बाइबलको सबैभन्दा रहस्यमय खण्ड भनेको नै परमेश्वरलाई ‘हाम्रै’ भनेर लेखिएको उत्पत्तिको पुस्तक हो ।
पिता परमेश्वरले मानिस बनाउनुहुँदा ‘मेरै प्रतिरूपमा बनाउँछु’ भन्नुभएन, तर ‘हाम्रै प्रतिरूपमा बनाऔं’ भन्नुभयो । (उत्पत्ति १:२६)
परमेश्वर ‘पिता’ एक जना मात्रै हुनुहुन्छ ! तर किन बाइबलमा चाहिँ ‘हाम्रै’ भनेर लेखिएको होला ?
“आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।” उत्पत्ति १:१
यो पदलाई बाइबलको मूल ग्रन्थ टोरामा ‘एलोहिम’ लेखिएको छ, जसको अर्थ हो ‘परमेश्वरहरू’ ।
एलोहिमको अर्थ ‘परमेश्वरहरू’ हो । परमेश्वरलाई जनाउने एकवचन ‘एल’ अथवा ‘एलोआ’को बहुवचन नै ‘एलोहिम’ हो ।
बाइबलमा २,५०० पल्टभन्दा बढी परमेश्वरहरू(एलोहिम) भनेर लेखिएको छ ।
यसको अर्थ ‘पिता परमेश्वर’ एक जना मात्रै होइनकि, अर्को परमेश्वर पनि हुनुहुन्छ भन्ने कुरा हो ।
“यसैकारण परमेश्वर(एलोहिम)ले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वर(एलोहिम)कै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।” उत्पत्ति १:२७
नर ‘पिता परमेश्वर’को स्वरूपमा सृष्टि भएका थिए । नारीचाहिँ ‘माता परमेश्वर’को स्वरूपमा सृष्टि भएकी थिइन् ।
सृष्टिकर्ता परमेश्वर ‘एलोहिम’चाहिँ पिता परमेश्वर र ‘माता परमेश्वर’ हुनुहुन्छ ।
अनि अन्तिम समयमा परमेश्वर प्रकट हुनुहुनेछ भनेर अगमवाणी गरिएको छ । (१ तिमोथी ६:१५)
पुत्रको युगमा परमेश्वर येशूको रूपमा प्रकट हुनुभएको थियो ।
यो युगमा चाहिँ एलोहिम परमेश्वर हुनुभएका पिता परमेश्वर र माता परमेश्वरले शरीरमा प्रकट हुनुभएर मानव-जातिको उद्धार गर्नुहुन्छ (प्रकाश २२:१७) ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजचाहिँ ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई पवित्र आत्माको युगका मुक्तिदाता, पवित्र आत्मा र दुलहीको रूपमा विश्वास गर्ने मण्डली हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति