हिजोआज हामीले ब्रह्माण्डको केन्द्र हुनुभएका परमेश्वरद्वारा प्रदत्त बाइबलको वचनलाई बुझ्न सकेनौं भने,
पहिलो आगमनको समयमा मानिसहरूले येशूज्यूलाई चिन्न नसकेजस्तै दोस्रो आगमनका
ख्रीष्ट आन साङ होङज्यू र दुलही हुनुभएकी माता परमेश्वरलाई चिन्न सक्नेछैनौं ।
अनि हामीले परमेश्वर वास नगर्नुहुने मण्डलीमा व्यर्थको आराधना चढाउन पुग्नेछौं ।
दाऊदले इस्राएलीहरूमाथि शासन गर्दा शासनको निम्ति आवश्यक पर्ने व्यवस्था भएजस्तै
दाऊदको रूपमा अगमवाणी गरिनुभएका येशूज्यू र उहाँका प्रजाबीच पनि नयाँ करारको व्यवस्था छ ।
दाऊदको सिंहासनको सम्पूर्ण अगमवाणी पूरा गर्नुभएका दोस्रो आगमनका
आन साङ होङज्यूले पनि नयाँ करारबारे जानकारी दिनुभयो ।
त्यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई
र आफ्ना राजा दाऊदलाई खोज्नेछन् । पछिल्ला दिनहरूमा
तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्तिर आउनेछन् ।
होशे ३:५
अखमिरी रोटीको चाड़को दिन आयो, ... यसै गरी खाइसक्नुभएपछि
उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति
बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
लूका २२:७-२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति