विषालु सर्पद्वारा डसिएका इस्राएलीहरूलाई बचाएको नै परमेश्वरको वचनले थियो भन्ने कुरा तिनीहरूले बिर्से । तिनीहरूले उल्टै ८०० वर्षसम्म काँसाको सर्पको श्रद्धा गरे, तर हिजकियाले भने काँसाको सर्पलाई टुक्रा-टुक्रा पारिदिए ।
त्यसै गरी सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै मानव-जातिलाई बचाउन सक्ने येशू ख्रीष्टको अमूल्य रगत मात्र हो । तसर्थ मृत्युदण्डको साधन मात्र रहेको क्रूसलाई स्थापना गरियो भने श्रापित हुनेछ भन्ने कुरालाई हामीले महसुस गर्नुपर्छ ।
प्राचीन बेबिलोनियाको समयदेखि रोमसम्म हस्तान्तरण हुँदैआएको क्रूसचाहिँ येशूज्यू स्वर्ग उचालिनुभएपछि र सबै प्रेरितहरू संसारबाट बिदा भएपछि ई.सं. ४३१तिर मण्डलीमा भित्र्याइयो । “मूर्तिपूजा नगर्नू” भन्नुभएका आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार परमेश्वरको मण्डलीले क्रूस वा अन्य कुनै मूर्तिहरू स्थापना गर्दैन र त्यसको श्रद्धा गर्दैन ।
“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, ...”
प्रस्थान २०:४-५
“कारीगरले बनाएको जस्तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्ने मूर्ति गुप्तमा स्थापना गर्ने मानिस श्रापित होस् ।” तब सबै जनाले भनून्, “आमेन ।”
व्यवस्था २७:१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति