अखमिरी रोटीको चाडचाहिँ ख्रीष्टको कष्टपूर्ण जीवनलाई फर्केर हेर्दै,
हामीले हाम्रा पापहरूप्रति पश्चात्ताप गर्ने र बालकको जस्तो
विश्वासलाई छोड्ने चाड हो । प्रेरित पावलको जस्तै,
हाम्रो विश्वास पनि जवानको जस्तो परिपक्व भएमा,
विश्वासको जीवनमा आइपर्ने विभिन्न कठिनाइहरूप्रति
हामीहरू साँच्चै धन्यवादी हुन सक्नेछौं ।
येशूज्यूले परमेश्वर भएअनुरूप महिमा र आदरको जीवन जिउनुभएन,
तर अरूबाट घृणा र अपमान पाउनुहुँदै सन्तानहरूको निम्ति
क्रूसको कष्टसमेत सहनुभयो । यसै गरी परमेश्वरको मण्डलीका सन्तहरू पनि
आफ्नो खुशीको निम्ति होइन तर अरूको निम्ति जिउँदछन् ।
उनीहरू परमेश्वरले खुशी मान्नुहुने पूर्ण अस्तित्वको रूपमा
नयाँ गरी जन्मन हरप्रयत्न गर्छन् ।
तब प्रधान पूजाहारीले आफ्ना वस्त्र च्याते र भने, “यसले त
ईश्वर-निन्दा बोल्यो । हामीलाई अब अरू साक्षीहरूको के दरकार पऱ्यो र ?
तपाईंहरूले अहिले यसले बोलेको ईश्वर-निन्दा सुनिहाल्नुभयो ।
तपाईंहरूको के राय छ ?” तिनीहरूले जवाफ दिए,
“यो प्राणदण्डको योग्य छ ।” तब तिनीहरूले उहाँको मुखमा थुकेर
उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दै थप्पड लाए,
“हे ख्रीष्ट, लौ, अगमवाणी भन् ! तँलाई हिर्काउने को हो ?”
[मत्ती २६:६५-६८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति