स्वर्गमा गरेको पापले गर्दा पीडा र कष्टमा जिइरहेका
आफ्ना सन्तानहरूको मुक्तिको निम्ति, आन साङ होङज्यू
र माता परमेश्वर शरीर धारण गर्नुभएर यस पृथ्वीमा
आउनुभयो र कष्टको बाटो हिँड्नुभयो । हामीले आत्मिक
पिता-माताको प्रेम र बलिदानलाई महसुस गर्दै उहाँहरूमा
गर्व गऱ्यौं भने परमेश्वरले हामीलाई स्वर्गदूतहरूको सामुन्ने
‘मेरा सन्तान’ भनेर स्वीकार्नुहुनेछ र आशिष् दिनुहुनेछ ।
परमेश्वरका प्रजाले पिताको युगमा यहोवा परमेश्वरमा गर्व गरे
र पुत्रको युगमा येशूज्यूमा गर्व गरे । त्यसै गरी पवित्र आत्माको
युगमा हामीले पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरमा गर्व गर्नुपर्छ ।
हाम्रो मनलाई खोसेर परमेश्वरबाट संसारतर्फ फर्काउने
र हाम्रो आत्मालाई नष्ट गर्ने आत्मिक चोरहरूदेखि
हामी सचेत रहनुपर्छ ।
“म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूका
सामुन्ने स्वीकार गर्दछ, त्यसलाई मानिसको पुत्रले पनि
परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछ ।
तर जसले मलाई मानिसहरूका सामुन्ने अस्वीकार गर्दछ,
परमेश्वरका दूतहरूका सामुन्ने त्यो पनि अस्वीकृत हुनेछ ।”
लूका १२:८-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति