मानव-जातिको पापको सट्टा ख्रीष्टले क्रूसमा मृत्यु भोग्नुभयो ।
मानव-जातिलाई बचाउनको निम्ति उहाँले मुक्तिको खबर सुनाउने
सुसमाचारको जीवन जिउनुभयो । यसरी सुसमाचारको कार्यचाहिँ
आफ्नो खुशीभन्दा पनि अरूको मुक्तिबारे फिक्री गर्ने
मानिसहरूले गर्ने कार्य हो । यो प्रचारको कार्यचाहिँ
‘ख्रीष्टको क्रूसको बाटोलाई पछ्याउँछु’ भन्ने
सङ्कल्प लिएमा पूरा गर्न सकिन्छ ।
दृष्टान्तमा उल्लेख गरिएको सामरी अनि पाँच सिक्का
र दुई सिक्का पाएका वफादार नोकरहरूले जस्तै हामीले पनि
एक आत्मालाई बचाउने सुसमाचारको कार्य गर्ने क्रममा
थुप्रै कठिनाइको सामना गर्नुको साथै बलिदान गर्नुपर्ने
अवस्था पनि हुन्छ । यद्यपि परमेश्वरको उदाहरणलाई पछ्याउने
त्यो मार्गमा महिमित स्वर्गीय आशिष्को प्रतिज्ञा गरिएको छ ।
बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो,
र त्यहाँ प्रार्थना गर्नुभयो । ... तब उहाँले तिनीहरूलाई भन्नुभयो,
“आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं,
र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ ।”
[मर्कूस १:३५-३८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति