पुत्रको युगमा शरीर धारण गरेर आउनुभएका परमेश्वरलाई ग्रहण गरेकाहरूलाई मात्र पहिलो झरी पवित्र आत्मा दिइएको थियो । त्यसै गरी यो पवित्र आत्माको युगमा पनि शरीर धारण गरेर आउनुभएका आन साङ होङज्यू परमेश्वर र माता परमेश्वरलाई सही तरिकाले ग्रहण गरी नयाँ करार निस्तार-चाडद्वारा परमेश्वरको देह र रगत पाउनेहरूलाई मात्र अन्तिम झरी पवित्र आत्मा दिइन्छ ।
परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुँदा उहाँले आफ्नो स्वरूपलाई ‘हामी’ भनेर अभिव्यक्त गर्नुभएर छाया र वास्तवकताको सम्बन्धद्वारा यस पृथ्वीमा जस्तै स्वर्गमा पनि हाम्रो परिवार छ भन्ने शिक्षा दिनुभयो ।
अनि पिता परमेश्वर र माता परमेश्वरको मुक्तिलाई महसुस गर्ने सन्तानहरूलाई उहाँले झार्नुभएको अन्तिम झरी पवित्र आत्माद्वारा सारा संसारलाई बचाउने आशिषित मिसन सुम्पनुभएको छ ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । ...” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
[उत्पत्ति १:२६-२७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति