लाल समुद्रलाई दुई भाग गर्नुभएको, यरीहो सहर ढाल्नुभएको
र सूर्यलाई अड्याउनुभए जस्तै पिताको युग र पुत्रको युगमा भएका
चमत्कारपूर्ण कार्यहरूलाई हेर्ने हो भने सबै कार्य
परमेश्वरको वचनअनुसार गरिँदैआएको कुरा हामीले बुझ्न सक्छौं ।
पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीको रूपमा
यस पृथ्वीमा आउनुभएका आन साङ होङ परमेश्वर र माता परमेश्वर ।
सुसमाचारको कार्य परमेश्वरद्वारा पूरा हुन्छ भन्ने कुरालाई विश्वास गरेर
परमेश्वरको वचनमा आज्ञाकारी भयौं भने
अहिले यो समयमै पनि सुसमाचारको आश्चर्यको कार्य गर्न सकिन्छ ।
(सियोनको सुगन्ध : पेन्तिकोसको चाडको प्रचार उत्सव पछि चार महिनामा पूरा भएको सुसमाचारको कार्य)
परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँचाहिँ अय्यालोनको बेँसीमाथि अडिरह ।” जाति शत्रुमाथि प्रतिशोध नलिउञ्जेल सूर्य र चन्द्र थामिए । ...
[यहोशू १०:१२-१३]
तब मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो ।
[प्रस्थान १४:२१]
बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान ।” ...
‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु ।” अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे ।
[लूका ५:४-६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति