कनान भूमिको ठीक अगाडि पुग्दासम्म परमेश्वरले यहोशूलाई
अति साहसी हुनू भनेर बारम्बार जोड दिनुभयो, अनि शत्रु देशको
राजधानी सहरमा साहसका साथ परमेश्वरको वचन सुनाउनू भनेर
उहाँले योनालाई आज्ञा गर्नुभयो । यस सन्दर्भमा, हिजोआज
सारा संसारमा नयाँ करारको सुसमाचार सुनाउनको निम्ति
हामीलाई अरू कुराभन्दा पनि अझ साहसको आवश्यकता पर्छ ।
परमेश्वरको सुसमाचार प्रचार गरिने ठाँवैपिच्छे अन्धकार ज्योतिमा
परिवर्तन हुनेछ भन्ने वचनलाई विश्वास गर्दै, आत्मिक कनानको
उत्तराधिकार पाउने परमेश्वरको मण्डलीका सन्तहरूले यहोशूको
मिसनलाई निरन्तरता दिएर योनाजस्तै साहसका साथ सारा संसारमा गएर
आन साङ होङज्यू र माता परमेश्वरको मुक्तिको खबर सुनाउँछन् ।
“बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई
दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई
अगुवाइ गर्नेछस् । बलियो र अति साहसी हो । मेरो दास मोशाले तँलाई आज्ञा
गरेअनुसार सबै व्यवस्था पालन गर् । त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू,
र तँ जहीँ गए पनि सफलता पाउनेछस् ।”
यहोशू १:६-७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति