‘परमेश्वरलाई विश्वास गर्नु’ भन्नाले उहाँले दिनुभएको वचनमा
आज्ञाकारी भएर व्यवहारमा लागू गर्नु हो ।
लोतकी पत्नी नूनको थाम हुन पुगेको,
इस्राएलीहरू शत्रुको दास बन्न पुगेको अवस्थाजस्तै,
वर्तमान समयमा परमेश्वरको वचन नसुन्नेहरूले यस्तै दुर्भाग्यको सामना गर्नेछन् ।
परमेश्वरको मण्डलीका सन्तहरूले ख्रीष्ट आन साङ होङज्यू
र माता परमेश्वरले दिनुहुने शिक्षा नै अनन्त स्वर्गको
मुक्तिको बाटो हो भनेर विश्वास गर्दै ‘आज परमेश्वरले
कस्तो आशिष्को वचन दिनुहुनेछ होला ?’ भन्दै
उहाँहरूका सबै आज्ञा र वचनहरू खुशीसाथ पालन गर्छन् ।
परमप्रभु, तेरा उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ:
“म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो भलाइको निम्ति
तँलाई सिकाउँछ, जसले तँ जानुपर्ने बाटोमा तँलाई डोऱ्याउँछ ।
यदि तैंले मेरा आज्ञाहरू ध्यानसित पालन गरेको भए
तेरो शान्ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो ।”
यशैया ४८:१७-१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति