मानिस कहाँबाट आएको हो ? अनि मृत्युपछि कहाँ जानेछ ?
धेरै दर्शनशास्त्री, धर्मविद् र वैज्ञानिकहरूले शताब्दीऔँसम्म
जीवनको सार पत्ता लगाउन खोजे तापनि तिनीहरूले परस्पर विरोधरहित
कुनै पनि सिद्धान्तबारे सुझाउन सकेका छैनन् । मानिसहरू जीवनको अर्थ नबुझी
वर्तमानमा अल्झिएर अन्ततः मृत्यु भोग्छन् ।
चिसो बतास चल्दा झरेका पातहरूजस्तै, भनिन्छ हामी मानिसको जीवन पनि व्यर्थको छ ।
तर हाम्रो जीवनमा एउटा महत्त्वपूर्ण कुरा लुकेको छ ।
बाइबलमा मृत्युलाई जनाएर स्वर्ग ‘फर्कनु’ हो भनिएको छ । (उप १२:७)
‘फर्कनु’ भन्नाले आफू जुन ठाउँबाट आएको हो त्यहीँ जानु भन्ने अर्थ हो ।
परमेश्वरले यो पृथ्वी सृष्टि गर्नुभन्दा अघि तपाईं स्वर्गमा हुनुहुन्थ्यो ।
“पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस् ? ... तँ स्वर्गमा थिइस् !
तँ कति धेरै वर्ष बाँचिसकिस् !” अय्यूब ३८:१-२१
परमेश्वरले अय्यूबलाई तिनी यस पृथ्वीमा जन्मनुभन्दा अघि
स्वर्गमा थिए भन्ने कुरा थाहा दिनुभयो । अय्यूबजस्तै, हामीहरू पनि
यस पृथ्वीमा जन्मनुअघि स्वर्गमा थियौं । हाम्रो शरीरचाहिँ यस पृथ्वीमा रहुञ्जेल
हाम्रो आत्मा एकछिनको लागि वास गर्ने ‘पाल’ हो । (२ कोर ५:१)
त्यसैले येशूज्यूबाट शिक्षा पाएका प्रेरितहरूले मानव-जातिलाई ‘परदेशी’ र ‘प्रवासी’ भने ।
उनीहरूलाई हाम्रो गृहनगर ‘स्वर्ग’ हो भन्ने कुरा थाहा थियो । (हिब्रू ११:१३)
समय, ठाउँ र गतिको पनि सीमा नभएको स्वर्गमा मानव-जातिले पाप गरे,
अनि स्वर्गको याद गुमाएर यस पृथ्वीमा धपाइए । मानिसहरू पापको पीडामा सुस्केरा हाल्दै
अनेकन विपत्तिको डरले काँपिरहेका छन् । के तपाईंलाई सुन्दर र महिमित गृहनगरको याद आउँदैन ?
के त्यो महिमित स्वर्गीय गृहनगर फर्केर जाने कुनै तरिका छैन होला ?
मानव जीवनभित्र त्यसको उत्तर भेट्टाएमा मात्र त्यहाँ फर्केर जान सकिन्छ ।
२,००० वर्षअघि आउनुभएका येशूज्यूले हामीले स्वर्गमा गरेको पाप
क्षमा पाउने तरिका सिकाइदिनुभएर स्वर्ग फर्कने बाटो खोलिदिनुभयो । (मत्ती २६:२६)
वर्तमान युगमा पवित्र आत्मा र दुलहीले, लोप भएको निस्तार-चाड पुनर्स्थापन गरिदिनुभएर
हामीलाई अनन्तको गृहनगर, स्वर्गतर्फ डोऱ्याउँदैहुनुहुन्छ । पुनर्स्थापन गरिदिनुभएको
निस्तार-चाड मानेर आफूले तिर्सना गरेको गृहनगर, स्वर्ग फर्कनुहोस् भन्ने चाहन्छौं ।
अनन्तको गृहनगर, स्वर्गमा तपाईंलाई आमन्त्रण गर्दछौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति