‘पाप-क्षमा पाउनको निम्ति कसैले त्यो पाप सट्टामा बोकिदिनुपर्छ’ भन्ने कुरालाई पुरानो करारको शबाथ-दिन, नित्य होमबलि, निस्तार-चाड लगायत सबै चाडहरूमा बलिदान गरिने पशुहरूद्वारा अनि प्रायश्चितको दिनमा छाडा छोडिने बोकामा सबै पाप राख्ने र उजाड-स्थानमा पठाएर मर्ने पुरानो करारको व्यवस्थाद्वारा परमेश्वरले पहिल्यै देखाइदिनुभएको छ ।
परमेश्वरले क्रूसको कष्ट पनि र सृष्टको थोकहरूबाट गिल्ला र अपमान पनि सहनुभएकोचाहिँ सम्पूर्ण मानव-जातिको पापको मूल्य तिरेर तिनीहरूलाई बचाउन चाहनुभएको परमेश्वरको महान् प्रेम भएकोले गर्दा हो भनी परमेश्वरको मण्डलीका सन्तहरूले महसुस गरे ।
यदि हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ । यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।
[१ यूहन्ना १:९-१०]
“जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।”
मत्ती २०:२८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति