असल र खराबको ज्ञान दिने रूखको फलले मृत्यु निम्त्याउँछ भने
जीवनको फलले अनन्त जीवन ल्याउँछ । अदनको बगैँचामा
असल र खराबको ज्ञान दिने रूखको फल खाएकाले आदम
र हव्वा त्यहाँबाट धपाइए, र तिनीहरूले मृत्यु भोग्नुपर्ने भयो ।
मानव-जातिले स्वर्गमा पाप गरेकाले मर्नुबाहेक अर्को विकल्प
छैन भन्ने कुरा यो इतिहासले देखाएको छ ।
मानव-जातिको मुक्तिको निम्ति २,००० वर्षअघि येशूज्यू,
र पवित्र आत्माको युगमा आन साङ होङज्यू यस पृथ्वीमा आउनुभएर
उहाँले जीवनको फलको वास्तविकता रहेको नयाँ करार
निस्तार-चाडद्वारा अनन्त जीवन दिनुभयो ।
त्यसबाहेक जीवनको फल लिएर आउनुभएका आन साङ होङज्यू
मीकामा अगमवाणी गरिएको सियोनका सल्लाहकार हुनुहुन्छ ।
उहाँले मानव-जातिको अन्तिम मुक्तिचाहिँ माता परमेश्वरमा
निर्भर हुन्छ भन्ने कुरा थाहा दिनुभएको छ ।
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै
असल र खराबको ज्ञान जान्ने भएको छ । अब त्यसले
जीवनको रूखको फल पनि टिपेर खान नपाओस्,
नत्रभने त्यो सधैँभरि जीवित रहला ।”
उत्पत्ति ३:२२
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई
भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ,
र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।
मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, ...”
यूहन्ना ६:५३-५४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति