एलिया ८५० जना झूटा अगमवक्ताविरुद्ध एकलै लडाइँ लडे । ठिटो दाऊदले बडेमानको गोल्यतलाई पराजित गरे । गिदोनका ३०० योद्धाहरूले १,३५,००० मिद्यानी सेनाहरूविरुद्ध युद्ध गरे, इस्राएलीहरूले ४० वर्षसम्म उजाड-स्थानमा कष्ट भोगे, अनि सुरुको मण्डलीका सन्तहरूले सतावटको सामना गर्दै सुसमाचार प्रचार गरे र शहीद भए । कठिनाइहरूको आइपर्दा तिनीहरूको हृदय खारियो र परमेश्वरले उनीहरूको विश्वास जाँच्नुभयो । अन्त्यमा उनीहरूले विजयको महिमा पाए ।
परमेश्वरले आफ्ना सन्तानहरूले कष्ट भोग्नेछन् र दियाबलसद्वारा बाधा पाउनेछन् भन्ने कुरा पहिल्यै जान्नुहुन्थ्यो । यद्यपि उहाँले पहिला तिनीहरूलाई खार्नुभएर उहाँप्रति भक्ति, विश्वास, आशा, प्रेम, दुष्टतालाई त्यागेर असल कुराको पछि लाग्ने आत्मा विकास गर्न लगाउनुभयो, अनि मात्र आफ्नो महान् शक्तिद्वारा उनीहरूका लागि चमत्कारहरू गर्नुभयो ।
चाँदी पगाल्ने भाँड़ो र सुन खार्ने आरन हुन्छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्छ । हितोपदेश १७:३
आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु । म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु । यशैया ४६:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति