अब्राहाम, नोआ, मोशा र दानिएलले जस्तोसुकै असम्भव
अवस्थाको सामना गरे तापनि सधैँ परमेश्वरको वचनमा
आज्ञाकारी भएकाले आशिष् पाए । जस्तोसुकै परिस्थितिमा पनि
हामीले परमेश्वरको अस्तित्वमा दृढ विश्वास लिनुपर्छ भन्ने कुरा
बाइबलको यस्तो इतिहासले देखाउँछ ।
दश दिनमा प्रवेश गर्न सकिने कनानमा इस्राएलीहरू ४० वर्षपछि
प्रवेश गरे । तिनीहरूले उजाड-स्थानमा आफ्नो आँखाअगि घटेका
घटनाहरूलाई मात्र ध्यान दिएकाले गनगन र गुनासो गरे,
र तिनीहरू उजाड-स्थानमै नष्ट भए । त्योचाहिँ तिनीहरूको विश्वासको
कमीले गर्दा थियो । त्यसै गरी वर्तमान समयमा हामीहरू स्वर्गीय कनानतर्फ
लम्किरहेकोले विश्वासको उजाड-स्थानमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै
आन साङ होङज्यू र माता परमेश्वरको वचनमा पूर्ण ‘विश्वास’ गर्नु हो ।
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय
र नदेखिएका कुराको ढृढ़ भरोसा हो । किनकि यसै विश्वासद्वारा
प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो । विश्वासद्वारा
हामी बुझ्दछौं कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो,
र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो ।
हिब्रू ११:१-३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति