परमेश्वरले हिजोआज पनि “शबाथ-दिन र निस्तार-चाड जस्ता
नयाँ करार पालन गर्नू” भन्नुभएको वचनमा, अदनको बगैँचामा
आदम र हव्वालाई आशिष् दिनको निम्ति “असल र खराबको ज्ञान
दिने रूखको फल नखानू” भन्नुभएको वचनमा जस्तै उहाँको गहिरो
इच्छा समावेश छ । त्यसमा नयाँ करारद्वारा मानव-जातिमाथि आशिष्
बर्साउने उहाँको अन्तिम इच्छा समावेश छ ।
विश्वासको बाटोमा आफ्नै अनुभव र ज्ञानमा भरोसा गर्दै
परमेश्वरको वचनलाई तुच्छ ठानियो भने अन्त्यमा कठिनाइ
र दुर्भाग्यद्वारा पछ्याइनेछ । दानिएल, शद्रक, मेशक
र अबेद्नगोले जस्तै परमेश्वरको वचनलाई अमूल्य ठान्दा
हामीले संसारलाई आश्चर्यचकित तुल्याउने आशिष् र महिमा
पाउनेछौं भनेर आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको छ ।
मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान,
कि तिमीहरू जीवित रहन र संख्यामा बढ्न सक, र गएर
परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर
प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक ।
व्यवस्था ८:१
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ
परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन
पालन गऱ्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका
सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ ।
व्यवस्था २८:१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति