पुरानो करारको मोशाको समयमा मनाइएको अगौटे फलको चाड छाया थियो भने,
नयाँ करारको पुनरुत्थानको चाडचाहिँ त्यसको वास्तविकता हो ।
येशू ख्रीष्टले शबाथ-दिनको भोलिपल्ट आइतबारको दिनमा सुतिजानेहरूमध्येमा
प्रथम फलको रूपमा पुनरुत्थान हुनुभएर अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो ।
यसकारण हामीले साप्ताहिक चाडको रूपमा शबाथ-दिन शनिबारमा मान्नु र
वार्षिक चाडको रूपमा पुनरुत्थानको चाड मान्नु परमेश्वरको इच्छा हो ।
शैतानले मानव-जातिलाई मृत्युको साङ्लोमा बाँधिएर
मृत्युको पीडा भोग्नुपर्ने गराएको भए पनि
येशू ख्रीष्टले यस पृथ्वीमा आउनुभएर मृत्युको साङ्लो तोडिदिनुभयो,
अनि पुनरुत्थानको चाडद्वारा मानव-जातिलाई अनन्त जीवनको सत्यतामा डोऱ्याउनुभयो ।
वर्तमान समयमा परमेश्वरको मण्डलीका सन्तहरूले
अन्यजातिको रीतिरिवाजअनुसार एक-आपसमा अण्डा बाँड्ने कार्य नगरी
येशूज्यूको उदाहरणअनुसार आत्मिक आँखा खोलिदिने
पुनरुत्थानको रोटी भाँचेर पुनरुत्थानको चाड मानिरहेका छन् ।
“वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ ।
सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ ...
त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन् ।” [१ कोरिन्थी १५:२०-२२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति