प्रत्येक मानिसको कार्य हजारौँ वर्ष बिते पनि
जीवनको पुस्तकमा जस्ताको तस्तै अभिलेख भएर
परमेश्वरले ती कार्यहरू इनामको योग्य छन् कि
दण्डको योग्य छन् भनी न्याय गर्नुहुनेछ ।
तदअनुसार तिनीहरू स्वर्गमा डोऱ्याउने धर्मीहरूको पुनरुत्थानमा
अथवा नरकमा डोऱ्याउने अधर्मीहरूको पुनरुत्थानमा सहभागी हुनेछन् ।
येशूज्यूको पुनरुत्थान अनुभव गरेका सुरुको मण्डलीका सन्तहरूको
दृढ विश्वासजस्तै वर्तमान समयमा पनि ख्रीष्ट आन साङ होङज्यू
र स्वर्गीय माताले पुनरुत्थान र परिवर्तनमा विश्वास गर्न सिकाउनुहुन्छ ।
सम्पूर्ण मानव-जातिले छोटो जीवनमा परमेश्वरको भय मान्दै
पूर्ण रूपमा पश्चात्ताप गर्दा येशूज्यूजस्तै आत्मिक शरीरमा परिवर्तन भएर
स्वर्गदूतको संसारमा फर्कनेछन् भनेर सिकाउनुभयो ।
धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्थान हुन्छ भन्ने
यिनीहरू आफैले स्वीकार गरेजस्तै म परमेश्वरमा आशा राख्दछु ।
यसैले परमेश्वरप्रति र मानिसहरूप्रति
म सधैँ शुद्ध विवेक राख्ने प्रयत्न गर्दछु ।
प्रेरित २४:१५-१६
तर हाम्रो नागरिकता स्वर्गमा छ । त्यहाँबाट आउनुहुने मुक्तिदाता,
अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं ।
उहाँले, जुन ... हाम्रा हीन शरीरलाई आफ्नै महिमाको
शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ ।
फिलिप्पी ३:२०-२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति