पुरानो करारको अगौटे फलको चाडचाहिँ नयाँ करारमा पुनरुत्थानको दिन हो, जुन आइतबारको दिनमा पूरा हुनुपर्छ ।
इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेपछि लाल समुद्रको पारिपट्टि अवतरण गरेका दिन नै हप्ताको पहिलो दिन थियो ।
परमेश्वरले यो दिनलाई अगौटे फलको चाड तोक्नुभएर हरेक वर्ष शबाथको भोलिपल्ट(आइतबार) मान्न लगाउनुभयो । येशूज्यूले अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुहुँदै हप्ताको पहिलो दिन(आइतबार)मा पुनरुत्थान हुनुभयो ।
परमेश्वरलाई पहिलो उब्जनीको एक बिटा चढाइने अगौटे फलको चाडको अगमवाणीअनुसार,
येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम(अगौटे) फलको रूपमा जीवित भई उठ्नुभएर मानव-जातिलाई पुनरुत्थानको आशा दिनुभयो । यो कुरालाई विश्वास गर्दै, परमेश्वरको मण्डलीमा हरेक वर्ष पुनरुत्थानको दिन पवित्र रूपले मनाइन्छ ।
परमप्रभुले मोशालाई भन्नुभयो, “… आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू ।
त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन् । शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन् ।”
[लेवी २३:९-११]
हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए ... “उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ ।”
[लूका २४:१-६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति