मानव-जातिको मुक्तिदाता हुनुभएका परमेश्वरले निस्तार-चाडद्वारा हामीलाई
पाप-क्षमाको आशिष् र अनन्त स्वर्गको आशिष् प्रदान गर्नुभएको छ ।
निस्तार-चाड मान्ने मानिसहरूले परमेश्वरका प्रजाको रूपमा स्वर्गको नागरिकता
प्राप्त गरेर मुक्ति पाउनेछन् भनी उहाँले शक्तिका साथ घोषणा गर्नुभएको छ ।
२,००० वर्षअघि आउनुभएका येशूज्यू र वर्तमान युगका आन साङ होङज्यू
र माता परमेश्वरले, निस्तार-चाड नमानीकन ओठद्वारा मात्र परमेश्वरलाई
पुकार्ने कार्यचाहिँ व्यर्थको विश्वास हो भनेर बारम्बार सिकाउनुभएको छ ।
अनि तोकिएको समयमा निस्तार-चाड मान्न नसकेका मानिसहरूका खातिर
परमेश्वरले दोस्रो निस्तार-चाडको अनुमति दिनुभएको कारणचाहिँ निस्तार-चाड
परमेश्वरका साँचो प्रजालाई छुट्ट्याउन सक्ने एकदमै महत्त्वपूर्ण चाड भएकोले गर्दा हो ।
“इस्राएलीहरूले तोकिएको समयमा निस्तार-चाड मानून् ।” ... तर मान्छेको लाश छोएर
अशुद्ध भएका कतिपय मानिसहरू थिए, जसले त्यस दिन निस्तार-चाड मान्न सकेका थिएनन् । ...
तब परमप्रभुले मोशालाई भन्नुभयो, “... त्यसले परमप्रभुको निस्तार-चाड मानोस् । दोस्रो महिनाको
चौधौँ दिन साँझमा तिनीहरूले यो मानून् । ... तर ... त्यसले निस्तार-चाड मानेन भने त्यस्तो व्यक्ति
आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, ...”
गन्ती ९:२-१३
“यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ । मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै
स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
मत्ती ७:२०-२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति