परमेश्वरको आज्ञा नमानीकन हामीले परमेश्वरको रहस्य हुनुभएका ख्रीष्टलाई चिन्न सक्दैनौं ।
किनकि परमेश्वरको आज्ञा रहेको शबाथ-दिन र नयाँ करार निस्तार-चाड मान्ने मानिसहरूलाई मात्र
परमेश्वरले शरीरमा आउनुहुने परमेश्वरलाई चिन्न सक्ने ज्ञान र समझशक्ति प्रदान गर्नुहुनेछ ।
मानिसको नियम पालन गर्ने मानिसहरूले शबाथ-दिन र निस्तार-चाडलाई महत्त्वहिन ठान्छन्,
तर परमेश्वरबाट समझशक्ति पाएका मानिसहरूचाहिँ परमेश्वरको आज्ञामा समावेश साँचो अर्थलाई
महसुस गरेर यशैयाको अगमवाणीजस्तै “उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ” भनेर कराउँछन् ।
१,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएर मृत्युलाई सदाको निम्ति
निलिदिनुहुने आन साङ होङज्यू र माता परमेश्वर नै मानव-जातिले लामो समयदेखि पर्खिरहेका
परमेश्वर हुनुहुन्छ ।
परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ ।
भजनसंग्रह १११:१०
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको .... मद्यको भोज लाउनुहुनेछ । ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । ... त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । ...”
यशैया २५:६-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति