ख्रीष्टको मार्गलाई सही तरिकाले पछ्याउनको निम्ति हामीले आफ्नो क्रूस बोक्नुपर्छ । परमेश्वर हुनुभएका येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति क्रूसको भार बोक्नुभयो, मोशा, प्रेरित पावलजस्ता विश्वासका पुर्खाहरूले खुशीसाथ कष्टको क्रूस बोके । त्यसरी नै, हामी पनि मुक्तिको निम्ति आफ्नो क्रूस बोकेर कष्टको बाटो हिँड्नुपर्छ ।
प्रेरित पावलले ख्रीष्टको क्रूसको बाटोलाई पछ्याउँदै सबै कष्टलाई आशिष्को रूपमा लिएजस्तै, परमेश्वरको मण्डलीका सन्तहरू परमेश्वरलाई धन्यवाद दिन कदापि नबिर्सीकन जुनसुकै समयमा पनि आफ्नो क्रूस बोक्छन्, अनि दह्रो विश्वास लिएर खुशीसाथ परमेश्वरको मार्गलाई पछ्याउँछन् ।
धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो । धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन् । तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए । मत्ती ५:१०-१२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति