बाइबलमा अभिलेख गरिएका परमेश्वरका प्रत्येक वचन जस्ताको तस्तै पूरा भइरहेका छन् । बाइबलले २,००० वर्षअघि आउनुभएका येशूज्यूको विषयमा गवाही दिएको छ, अनि पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरले सञ्चालन गर्नुहुने मुक्तिको कार्यबारे पनि गवाही दिएको छ ।
शैतानले राज्य गरिरहेको यो संसारमा विजय गर्ने विश्वास लिएका मुक्ति पाउने मानिसहरूलाई परमेश्वरका आज्ञाहरू पालन गर्ने स्त्रीका बाँकी सन्तान भनेर बाइबलमा अगमवाणी गरिएको छ । साथै, उनीहरूले इसहाकले जस्तै माताद्वारा स्वर्गको उत्तराधिकार पाउनेछन् भनेर पनि गवाही दिइएको छ ।
“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ...” यूहन्ना ५:३९
त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो । त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए । तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन् । ... प्रकाश १२:९, १७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति