परमेश्वरले पृथ्वीको पारिवारिक प्रणालीद्वारा हामीलाई स्वर्गीय परिवार छ भन्ने कुरा थाहा दिनुभएको छ । जसरी पृथ्वीका छोरा-छोरीले आफ्ना बुबा-आमाको देह र रगत पाउँछन्, त्यसरी नै स्वर्गीय सन्तानहरूले पनि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा पिता परमेश्वर र माता परमेश्वरको देह र रगतको प्राप्त गर्नुपर्छ । त्यस्ता मानिसहरूले मात्र स्वर्गीय सन्तानको रूपमा परमेश्वरलाई ‘पिता’ र ‘माता’ भनेर बोलाउन सक्नेछन् ।
वर्तमान समयमा परमेश्वरको मण्डलीका सन्तानहरूले आन साङ होङज्यू र माताबाट सिकेको प्रेम र बलिदानद्वारा सबै मानिसहरूलाई प्रेम गरिरहेका छन् । यसैकारण उनीहरूले विश्वभरिबाट असल कार्यको निम्ति प्रशंसा पाइरहेका छन् । अनि बाइबलमा अगमवाणी गरिएजस्तै सारा संसार यरूशलेमको महिमाले भरिएको छ ।
मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न त रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ । यशैया ६२:६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति