यो संसारको धन-सम्पत्ति, शक्ति र इज्जत लामो समयसम्म रहँदैन,
मृत्युको अगि ती सबै व्यर्थ हुन्छन् । त्यसैकारण आन साङ होङज्यूले अनन्त खुशी पोखिने
आत्मिक संसारको तयारी गर्न भन्नुभएको हो । किनभने हाम्रो मूल अस्तित्वचाहिँ शरीर नभएर
आत्मा हो (यूह ६:६३) । अनन्त संसारबारे थाहा नपाई जिउने जीवन अर्थहीन हुन्छ ।
यो पृथ्वीको छोटो जीवन नै अनन्त संसारको तयारी गर्ने समय हो ।
हामीले अनन्त खुशी पोखिने आत्मिक संसारमा जानको लागि के गर्नुपर्छ होला ?
पीडा र मृत्यु नहुने अनन्त आत्मिक संसारमा (प्रका २१:४) मरणशील शरीर लिएर जान सकिँदैन,
तर यस पृथ्वीमै अनन्त जीवनको प्रतिज्ञा पाएमा मात्र जान सकिन्छ । (१ कोर १५:५०)
त्यसोभए हामीले कसरी अनन्त जीवन पाउन सक्छौं होला ?
हामीले येशूज्यूको देह खायौं र उहाँको रगत पियौं भने
अनन्त जीवन पाउन सक्छौं । (यूह ६:५४)
येशूज्यूले निस्तार-चाडको रोटी र दाखमद्यलाई
उहाँको देह र रगत हो भनेर प्रतिज्ञा गर्नुभयो । (मत्ती २६:२६)
तसर्थ निस्तार-चाड मानेर अनन्त जीवन पाएकाहरू
पूरै ब्रह्माण्डमा स्वतन्त्र रूपले यात्रा गर्न सकिने
आत्मिक संसारमा प्रवेश गर्न सक्नेछन् ।
भौतिक संसारमा मात्र केन्द्रित रहेर जीवन खेर फाल्नुको सट्टा
अनन्त आत्मिक संसारको बाटो हेर्दै अनन्त जीवनको
प्रतिज्ञा(निस्तार-चाड)मा सहभागी हुनुहोस् भन्ने चाहन्छौं ।
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको
परमेश्वरको मण्डली मात्र नयाँ करार निस्तार-चाड मान्ने
एकमात्र मण्डली हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति