इस्राएलीहरूले सुनको बाछाको मूर्ति पुजेकाले दश आज्ञाको पहिलो शिला-पाटी फुटाइयो ।
तर पश्चात्ताप गरेका मानिसहरूका निम्ति परमेश्वरले पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिनमा
दश आज्ञाको दोस्रो शिला-पाटी दिनुभयो । अनि यो दिनलाई पाप-क्षमाको प्रतिज्ञा भएको
प्रायश्चितको दिनको रूपमा तोकिदिनुभयो, र सातौँ महिनाको पहिलो दिनलाई
तुरहीको चाडको रूपमा तोकिदिनुभयो ।
प्रेरित यूहन्नाले सबै प्रार्थनाहरू परमेश्वरको सामुन्ने मास्तिर धूपको धूवाँ भएर गए भनेर भने ।
व्यर्थको कुराको पछि लागेर स्वर्गको अनन्त आशिष् देख्न नसक्ने कमजोर मानव-जातिको निम्ति
पवित्र आत्मा आन साङ होङज्यू र माता परमेश्वर स्वयम्ले मध्यस्थ गरिरहनुभएको छ भनेर
हामीले महसुस गर्नुपर्छ । अनि उहाँहरूको अनुग्रहप्रति धन्यवादी हुँदै हामीले पश्चात्तापी मनद्वारा
परमेश्वरका चाडहरू पालन गर्नुपर्छ ।
तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं ।
त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो
हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले
हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ ।
रोमी ८:२५-२६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति