कतिपय मानिसहरूले बाइबललाई इस्राएलको इतिहास वा पौराणिक कथाको पुस्तक भन्ठान्छन् । तर बाइबलचाहिँ १,६०० वर्षको अन्तरालमा भिन्नाभिन्नै उमेर समूह र पेशाका दर्जनौँ मानिसहरूले भिन्नाभिन्नै समयमा लेखेको संसारकै सबैभन्दा पुरानो पुस्तक हो । अझ आश्चर्यको कुराचाहिँ १,६०० वर्षको अन्तरालमा लेखिएका सबै कुराहरू अगमवाणी र पूर्णताको रूपमा अन्तर्सम्बन्धित छन् ।
बाइबलका अभिलेखहरूमध्ये राजा कोरेससम्बन्धी अगमवाणी र त्यसको पूर्णताबारे अध्ययन गरौं । राजा कोरेसचाहिँ फारसका संस्थापक हुनुको साथै ओरिएन्टलाई जितेका राजा थिए । बाइबलमा अभिलिखित तिनका महान् उपलब्धिहरूबारे हेरौं ।
“फारसका राजा कोरेस यसो भन्छरन्, परमप्रभु स्वमर्गका परमेश्वररले पृथ्वी्का सबै राज्यु मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाका यरूशलेममा उहाँको निम्तिभ एउटा मन्दि्र बनाउन आज्ञा गर्नुभएको छ ।” एज्रा १:२-३
फारसका राजा कोरेसले किन इस्राएलीहरूलाई मुक्त गराएर इस्राएलका परमेश्वरको प्रशंसा गरेका होलान् ?
राजा कोरेसले इस्राएलीहरूलाई मुक्त गर्नुभन्दा करीब १७० वर्षअघि लेखिएको यशैयाको पुस्तकमा आफ्नो नाउँ देखे ।
“परमप्रभुले आफ्नोए अभिषिक्त कोरेसलाई यही भन्नु्हुन्छग, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्यालउन ... म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्विर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्या रो ठाउँमा भएको भण्डाइर र गुप्तह स्थासनमा जम्मात गरेको धन दिनेछु ।” यशै ४५:१-३
राजा कोरेसले बेबिलोनमाथि विजय गर्ने कार्यमा परमेश्वरले सहयोग गर्नुभएको र बाइबलको अगमवाणीअनुसार आफूले इस्राएलीहरूलाई मुक्त गराएको कुरा महसुस गरे । परिणामस्वरूप, दासहरूलाई छुटकारा दिलाएका र धार्मिक स्वतन्त्रतालाई मान्यता दिएका राजा कोरेसलाई प्राचीन राजाको रूपमा अहिले पनि मानिसहरूले प्रशंसा गर्छन् । बाइबलमा येशूज्यू यो पृथ्वीमा आउनुभन्दा करीब ७०० वर्षअघि नै, उहाँ बालकको रूपमा जन्मनुहुनेछ भनेर अगमवाणी गरिएको थियो ।
“ ... हेर, कन्याजले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माोउनेछिन्, र उहाँको नाउँ इम्माेनुएल राखिनेछ ।” यशै ७:१४
यो अगमवाणीअनुसार परमेश्वर कन्या मरियमको शरीरबाट येशूज्यूको रूपमा जन्मनुभयो (मत्ती १:१८-२३) ।
अनि येशूज्यूले कष्ट भोग्नुहुन्छ भनेर पनि विस्तृत रूपमा अगमवाणी गरिएको छ ।
“ऊ मानिसहरूबाट घृणित थियो र इन्काकर गरियो ... तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो । हामीमा शान्तिक ल्यायउने दण्डअ उसमाथि पर्योम, र उसको कोर्राको चोटले हामी निको भयौं ।” यशै ५३:३-५
यो अगमवाणीअनुसार येशूज्यूलाई भालाले घोचियो, कोर्रा लगाइयो (मत्ती २७:२६-३५; यूह १९:३४) ।
बाइबलको अगमवाणी लेखिएको समयमा मानिसहरूले बुझ्न नसकेका भए पनि ती सबै पूरा भएका छन् ।
त्यसैले अगमवाणीलाई तुच्छ नठान भनेर बाइबलमा भनिएको छ (१ थेस ५:२०) ।
किनभने बाइबलका अगमवाणीलाई तुच्छ ठान्यो भने मुक्ति पाउन सकिँदैन ।
धेरै अगमवाणीहरू लेखिएअनुसारै जस्ताको तस्तै पूरा भएकाले बाँकी रहेका अगमवाणीहरू पनि निश्चय नै पूरा हुनेछन् ।
भयङ्कर भूकम्पाहरू हुनेछन् । विभिन्न। ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्हनहरू हुनेछन् । लूक २१:११
अन्तिम महा विपत्ति र विनाश आइपर्दा उद्धार पाउनको निम्ति सियोनतिर भाग्नुपर्छ भनेर बाइबलमा जानकारी दिइएको छ ।
“... ‘भेला होओ । ... सियोनतिर जान झन्डास उठाओ, ढीला नगरी सुरक्षाको निम्तिज भागेर जाओ ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्यााइरहेछु’ ।” यर ४:५-६
परमेश्वरका चाडहरू मनाइने सियोनचाहिँ हामीलाई प्रतिज्ञा गर्नुभएको मुक्ति पाउने शरणस्थान हो (यशै ३३:२०) ।
विश्वभरि बाइबलको शिक्षाअनुसार परमेश्वरका चाडहरू मनाइने सियोनचाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज मात्र हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति