कुनै पनि भवन सही तरिकाले निर्माण भएको छ कि छैन भनी हेर्न
साहुल राखेर जाँच गरिएझैँ, परमेश्वरका सन्तानहरूले
आफ्नो विश्वासको घर सही तरिकाले निर्माण गरेका छन्
कि छैनन् भनी हेर्न अय्यूब, शद्रक, मेशक र अबेदनगोलाई जस्तै
आफ्ना सन्तानहरूलाई परीक्षाको सामना गर्न लगाउनुहुन्छ ।
तर त्यससँगै उहाँको आशिष्ले पनि पछ्याउनेछ ।
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले, वर्तमान समयमा
आफ्नो विश्वासको घर निर्माण गरिरहेका सन्तहरूलाई
परमेश्वरले सारा संसारको जाँच गर्नुहुँदा प्रत्येकको कार्य र हृदय
जाँच गर्नुहुन्छ, अनि गनगन र गुनासो गर्ने अविश्वासी मानिसहरूमाथि
विपत्ति झार्नुहुनेछ भन्ने शिक्षा दिनुभएको छ । अनि जस्तोसुकै
परिस्थितिमा पनि सधैँ स्वर्ग र परमेश्वरलाई सोच्नुपर्छ भनी सिकाउनुभएको छ ।
उहाँले मलाई यही देखाउनुभयो: साहुल लगाएर ठीक बनाएको
भित्तानेर आफ्नो हातमा साहुल लिएर परमप्रभु उभिरहनुभएको रहेछ ।
... तब परमप्रभुले भन्नुभयो, “हेर्, म मेरो प्रजा इस्राएलको बीचमा
एउटा साहुल लगाइरहेछु । म तिनीहरूलाई अब बाँकी राख्नेछैनँ ।
[आमोस ७:७-८]
म त्यसका छोरा-छोरीहरूलाई मार्नेछु ।
र सबै मण्डलीहरूले थाहा पाउनेछन्, कि म उही हुँ,
जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म
तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु ।
[प्रकाश २:२३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति