तेस्रो स्वर्गसम्मको महिमा देखेकाले प्रेरित पावल महान् अगमवक्ता बने । मानवजातिले नाप्न नसक्ने विशाल ब्रह्माण्डभित्र परमेश्वरले हाम्रो निम्ति महिमित भविष्य तयार पार्नुभएको छ । त्यसैकारण उहाँले पृथ्वीलाई होइन, तर ब्रह्माण्ड अर्थात् स्वर्गलाई हेर्नको लागि फराकिलो दृष्टिकोण लिन हामीलाई बोलाउनुभएको छ ।
हामीले वर्तमान कठिनाइहरूलाई जितेर स्वर्गको महिमा र उज्जवल भविष्यमा ध्यान केन्द्रित गर्नुपर्छ । यदि हामीले स्वर्गको राज्यलाई विश्वास गर्न सकेनौं भने अन्ततः क्षणिक कष्टको बीचमा हामीले आफ्नो विश्वास गुमाएर सत्यता त्याग्न पुग्नेछौं । तर यदि हामीले स्वर्ग-राज्यको वास्तविकतालाई सही तरिकाले बुझ्यौं भने हाम्रो विश्वास दिनानुदिन बढ्नेछ, र हामी त्यो राज्यको महिमामा सहभागी हुन सक्नेछौं ।
किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो । रोमी ८:६
किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं । अब देखिनेचाहिँ आशा त आशा नै होइन । किनकि देखेका कुराको आशा कसले गर्छ र ? ... तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं । रोमी ८:२४-२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति