येशूज्यूले भन्नुभएको दृष्टान्तद्वारा, अब्राहामले
पिता परमेश्वरलाई सङ्केत गर्दछ र अब्राहामको परिवारको
उत्तराधिकार निर्धारण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह
गरेकी साराचाहिँ नयाँ करारको रूपमा सङ्केत गरिनुभएकी,
र स्वतन्त्र हुनुभएकी हाम्री माता हुनुहुन्छ भनेर बुझ्न सकिन्छ ।
बुबा-आमा दास भएका एलीएजरजस्तै परमेश्वरलाई
विश्वास नगर्ने मानिसहरू, र इश्माएलजस्तै
पिता परमेश्वरलाई मात्र विश्वास गर्ने मानिसहरू
परमेश्वरको उत्तराधिकारी बन्न सक्दैनन् । इसहाकजस्तै,
स्वतन्त्र हुनुभएका पिता परमेश्वर(आन साङ होङज्यू)
र माता परमेश्वरलाई ग्रहण गरेर परमेश्वरको देह र रगतद्वारा
‘मेरा सन्तान’ भन्ने छाप प्राप्त गरेका मानिसहरू
स्वर्गको उत्तराधिकारी बन्न सक्छन् ।
... त्यो धनी मानिस पनि मऱ्यो र गाडियो ।
नरकमा कठोर कष्ट भोगिरहेको बेला
उसले नजर उठाएर हेऱ्यो र टाढामा अब्राहाम
र उनको साथमा लाजरसलाई देख्यो । अनि उसले
कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर ...’
[लूका १६:२२-२४]
कमारीको छोरोचाहिँ शरीरअनुसार जन्मेको थियो,
तर स्वतन्त्र स्त्रीबाट जन्मेको छोरो प्रतिज्ञाद्वारा । यो कुरालाई
रूपकदृष्टान्तको रूपमा लिन सकिन्छ । ... भाइ हो,
हामी कमारीका होइनौं, तर स्वतन्त्र स्त्रीका सन्तान हौं ।
[गलाती ४:२३-३१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति